राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)को निर्धारित मितिमा महाधिवेशन नहुने भएको छ ।
काठमाडौंमा दुई दिन सम्म बसेको पार्टी अध्यक्ष मण्डलको बैठकले तयारी नपुगेको भन्दै पूर्व निर्धारित मितिमा पार्टीको महाधिवेशन हुन नसक्ने ठहर गरेको हो। राजपाले ७–९ बैशाखमा महाधिवेशनको मिति तय गरेको थियो ।
सो पार्टीले महाधिवेशनको तयारीका लागि नेता महन्त ठाकुरको संयोजकत्वमा महाधिवेशन मूल आयोजक समिति’ गठन गरेको छ। महाधिवेशन सरेपछिकाे अवस्था र नयाँ मिति तय गर्नेबारे छलफल गर्न बैशाख ८ गते पार्टी पदाधिकारी बैठक बोलाइएको नेता शरतसिंह भण्डारीले जानकारी दिए ।