वप्लव माओवादीका मकवानपुर इन्चार्ज बिरबहादुर घलान ‘ज्वाला’ शुक्रबार बिहान पक्राउ परेका छन्।
हेटौडा उपमहानगरपालिका वडा नं ८ फारलाइनबाट ज्वाला र उनका सहयोगी बिरबहादुर मुक्तान पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। उनीहरुलाइ अहिले प्रहरी हिरासतमा राखिएको छ।
मकवानपुरको मनहरी गाउँपालिका ७ निर्मलबस्ती घर भएका ज्वाला तत्कालीन माओवादी जनमुक्ति सेनाका कमान्डर हुन्। भिडन्तमा गोली लागेपछि उपचार गर्न भारत जाँदा अस्पतालबाटै भारतीय प्रहरीले पक्राउ गरी लामो समय जेल हालेको थियो।
संबिधानसभा निर्बाचनताका २०६४ मा उनी रिहा भएर आएका थिए। यस अघि उनी बैद्य माओवादीतिर थिए।