प्रधानमन्त्री निवास बालुवाटार नजिकको जग्गामा भएको अनियमितताको बिरोधमा विवेकशील साझा पार्टीले बालुवाटार अगाडि प्रदर्शन गरेको छ।
सोमबार बालुटारस्थित प्रधानमन्त्री निवास अगाडि सो पार्टीका नेता तथा कार्यकर्ताले बालुवाटारको जग्गामा साथै हायात होटलमा भएको अनियमतता बिरुद्ध प्रदर्शन गरेको हो। उनीहरुले विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए। सरकारलाई खबरदारी गर्ने उद्देश्यले प्रदर्शन गरिएको सो पार्टीका प्रवक्ता सूर्यराज आचार्यले जानकारी दिए।
प्रदर्शनमा सहभागी नेता तथा कार्यकर्ताले ‘भ्रष्टाचार कहिले सम्म, जनता सचेत नभएसम्म’, बालुवाटार बेच्नेले सिंहदरवार पनि बेच्लान, होशियार’, ‘नेताहरुको सम्पत्ति छानबिन गर’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।