प्रदेश १ मा सचिवालय सचिव नियुक्त गर्ने बाटो खुलेको छ । प्रदेशसभाको बुधबारको बैठकले प्रदेशसभा सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत पारित गरेसँगै नियुक्तिको बाटो खुलेको हो ।
अब सरकारले राजनीतिक रुपमा प्रदेशको प्रमुख सचिवको श्रेणी, हैसियत र बराबर सुविधा दिने गरी प्रदेशसभा सचिव नियुक्ति गर्नेछ । अहिले भने निजामतितर्फका उपसचिवले प्रदेशसभाको नेतृत्व गरिरहेका छन् ।
प्रदेशसभा सचिवालय गठन गर्न राजनीतिक रुपमा नियुक्ति गरिने सचिवको व्यवस्था छ । उनलाई प्रशासकीय प्रमुखका रुपमा नियुक्त गर्ने कानुनी व्यवस्था छ । उनले प्राप्त गर्ने सेवा सुविधा प्रदेशको प्रमुख सचिवकै जस्तो हुनेछ ।