नेपाली काँग्रसका केन्द्रीय सदस्य धनराज गुरुङले कम्युनिष्ट पार्टीको दुई तिहाई बहुमतको सरकारप्रति आक्रोश ब्यक्त गरेका छन् ।
मकवानपुरको मनहरीमा आयोजित ४ नं क्षेत्रीय भेलालाई शनिबार सम्बोधन गर्दै उनले सरकारले जनताको आशालाई निराशामा परिणत गराएको आरोप लगाए । उनले कर बृद्धि, हत्या, बलात्कार जस्ता घटना दिनहुँ बढिरहँदा पनि सरकार चुप लागेर बसेको बताए । सरकारकै संरक्षणमा त्यस्ता गतिविधिहरु हुन सक्नेतर्फ उनले ध्यानाकर्षण गराए ।
‘जनताले सुख पाउने आशा दुई तिहाईको सरकारले निराशामा परिणत गरिदिएको छ’, उनले भने । कार्यक्रममा प्रदेश ३ संसदका प्रमुख प्रतिपक्ष दलका नेता इन्द्रबहादुर बानियाँले कम्युनिष्टहरुको पत्तासाफ हुने दिन सुरु भएको बताए ।