नेपाल कम्यनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहालले नेकपाभित्र धेरै फोहोर जम्मा भएको भन्दै त्यसलाई सफा गरी एक बर्षभित्र महाधिबेशन सम्पन्न गरिने बताएका छन्।
कम्युनिष्ट पार्टी स्थापनाको ७० औं स्थापना दिबसका अबसरमा सोमबार राजधानीमा आयोजित कार्यक्रममा अध्यक्ष दाहालले भने‘ हामी आफैंभित्र धेरै फोहोर जम भएको छ, त्यसलाई सफा गरेर एक बर्षभित्र महाधिबेशन सम्पन्न गर्नैपर्छ।’
दुई पार्टी एकीकरण भएपछि नेताहरुबीच रहेको कमिकमजोरीको इमान्दारीसाथ समीक्षा गर्नुपर्नेमा जोड दिदैं अध्यक्ष दाहालले भने ‘ती कमिकमजोरी सच्याएर अघि बढ्नुको बिकल्प छैन।’
एकताको फलामे ढोका फोर्न कठिन भएको स्मरण गर्दै भने ‘एकताको कुरा जति अघि बढ्यो, गाँठो उति नै कस्सिदै गयो।’ एकता प्रकृयामा अल्मलिएको आफूहरुले महसुश गरेपछि पुनः शुरुकै ठाउँमा फर्केर एकता प्रकृया अघि बढाइएको दाहालले उल्लेख गरे।
एकता प्रकृया रोक्न देशभित्र र बाहिरबाट थुप्रै प्रयास भएको भन्दै उनले त्यसका बाबजुद एकता प्रकृया टुंगोमा पुगेकोमा उनले खुसी व्यक्त गरे।