सोमबार भएको दुई पार्टीको एकीकरणपछि रुपन्देहीमा तोकिएको जिम्मेबार रोचक देखिएको छ।
जहाँ मेयर पार्टीको सचिव भएका छन् भने प्रदेश साँसदको भागमा सचिव पारेको छ। तत्कालीन एमालेले नेतृत्वले पाएको रुपन्देहीमा बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीलाई जिल्ला अध्यक्ष बनाइएको छ भने सचिवमा तत्कालीन माओवादीबाट प्रदेशसभा सदस्य दधिराम न्यौपानेले जिम्मेबारी पाएका छन्। न्यौपाने तत्कालीन माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य भैसकेका तथा एकतापछिको नेकपाका केन्द्रीय सदस्य पनि हुन्।
रुपन्देहीमा यसअघि तत्कालीन एमाललेले अध्यक्षमा गोपाल भट्टराईको नाम सिफारिस गरेको थियो। जुन नामबिरुद्ध एमाले उपाध्यक्ष पुरुषोत्तम घिमिरेले अन्याय भएको भन्दै केन्द्रमा निवेदन दिएका थिए। घिमिरे माधव नेपाल पक्षका नेता हुन्।
सुवेदी मेयर भएकापछि स्वभाविक रुपमा रुपन्देहीको नेतृत्व आफुले पाउने उनको तर्क थियो। उता तत्कालीन माओवादीले सचिवमा निर्मल जिसीको नाम सर्बसम्मत पठाएको थियो। सचिवको जिम्मेबारी पाएका न्यौपानेले आन्तरिक रुपमा असन्तुष्टि जनाएका छन्। पदीय जिम्मेवारी घटुवामा परेको भन्दै असन्तुटि जनाएको निकट स्रोतले बतायो।