बुटवलको चौराहदेखि गोलपार्क चिडियाखोला सडक बिस्तारको काम तत्काल अगाडि नबढ्ने भएको छ।
बुटवल–बेलहीया व्यापारिक मार्ग सडक बिस्तार आयोजनाबिरुद्ध परेको घर तत्काल नभत्काउन माग गर्दै परेको रिट निवेदनको बुधबार अन्तिम सुनुवाई गर्दै उच्च अदालत तुल्सीपुर बुटवल इजलासले अन्तरिम आदेश जारी गर्दै बमोजिम घरधनीहरुको पक्षमा निर्णय गरेको हो। अदालतको आदेशसँगै बुटवल–बेलहीया सडक बिस्तार आयोजनाको काम तत्कालका लागि अगाडि नबढ्ने भएको हो।
उक्त रिटमाथि उच्च अदालत तुल्सीपर बुटवल इजलासका मुख्य न्यायधीश शेषनाथ सिवाकोटी र दयानाथ खरेलको इजालसले मुआब्जाका लागि परेका निवेदन अधिकार प्राप्त निकाय जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा पेश गरी व्यक्तिको स्वामित्व र क्षतिपुर्ति सम्बन्धमा कानूनसम्मत न्यायोचीत निर्णय गरी आवश्यक निकासा नभएसम्मका लागि यस्तो फैसाला गरेको हो।
फैसलामा त्यतिवेला सम्म निवेदकहरुको घर भत्काउन र घरले चर्चेको जग्गा नियन्त्रणमा लिने काम कार्बाही नगनर्, नगराउन बिपक्षीका नाउमा निषेधाज्ञा जारी हुने ठहर गरेको छ।
सडक विस्तारबाट प्रभावितमध्ये नारायणीदेवी प्रधान, चोपनारायण श्रेष्ठसहित ३८ जनाले उच्च अदालत तुलसीपुर बुटवल इजलासमा सडक कार्यालयले कानूनी प्रक्रिया पुरा नगरी घर भत्काउन लागेको भन्दै रिट दायर गरेका थिए।
बुटवल वेलहिया सडक विस्तार आयोजनाका प्रमुख जिवेन्द्र मिश्रले अदालततको आदेश आफुहरुले सम्मान गर्ने बताए।