राष्ट्रिय जमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले ओली नेतृत्वको सरकार कम्युनिष्ट नभएको बताएका छन् ।
अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार संघ रुपन्देहीको दोस्रो जिल्ला सम्मेलनकाे उद्घाटन गर्दै केसीले सरकारले कम्युनिष्टको नाममा भ्रम सिर्जना गरेको आरोप लगाए ।सत्तामा पुग्नका लागि मात्रै नेकपाले आफूलाई कम्युनिष्ट भनेर जनतालाई भ्रममा पारेको हो’, केसीले भने ।
अध्यक्ष केसीले सरकार विदेशीको इशारामा चलेको अाराेप समेत लगाए ।देशमा भएका थुप्रै उद्योग कलकारखाना भारतको इशारामा बन्द गरिएको उनकाे दाबी थियाे।सुरू देखिनै संघीयताकाे विराेध गर्दै अाएका केसीले हाम्राे जस्ताे मुलुकले तीन तहकाे संघीयता थेग्नै नसक्ने बताए ।