सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले लोकतन्त्र माथि नै प्रश्न उठाउनेहरु अतिवादी भएको बताएका छन् । उनले अहिले नै लोकतन्त्रमाथि खतरा आइनसकेको दावी पनि गरे ।
प्रेस संगठन रुपन्देहीद्धारा आइतबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बास्कोटाले लोकतन्त्रमाथि खतरा नभई लोकतन्त्रमाथि आक्रमण गर्नेहरु सक्रिय भएको बताए । कार्य सम्पादन सम्झौता पश्चात सचिवको सरुवाले मन्त्रालयको कामकाज प्रभावित नहुने दाबी समेत गरे ।
कार्यसम्पादन सम्झौताको व्यवस्था पहिले पनि भएको तर कार्यान्वयनमा नआएको भन्दै उनले त्यसलाई बर्तमान सरकारले कार्यान्वयनमा ल्याएको बताए । कर्मचारी तन्त्रमा काम एकले अर्कोलाई पन्छाउने प्रबत्ति रहेको भन्दै उनले कार्यसम्पादन सम्झौताले काम पन्छाउने प्रबृत्तिको अन्त्य हुने बिश्वास व्यक्त गरे ।
सरकारले मिडियालाई नियन्त्रण गर्ने नभई नियमन मात्रै गर्ने बताउदै उनले त्यसैका लागि सरकारले मिडिया सम्बन्धी नयाँ कानून ल्याउन लागेको उल्लेख गरे । उनले मिडिया सम्बन्धी विधेयक समितिबाट पारित भैसकेको भन्दै सो विधेयक अब संसोधन नहुने जानकारी समेत दिए । मिडिया सरकारप्रति नभएर नेपाल र नेपाली जनताप्रति भने उत्तरदायी र जिम्मेवार बन्नुपर्ने उनको तर्क थियो । टेलिभिजनमा क्लिनफिड र समानुपातिक विज्ञापन वितरण प्रणाली पनि सरकारले लागु गराएरै छाड्ने बताए ।
र याे पनि पढ्नुहाेस्
सरकारको असक्षमताका कारण लोकतन्त्र खतरामा: मिश्र