नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकाे निर्देशनपछि कर्णाली प्रदेशको मन्त्रिपरिषद् पुनर्गठन गर्ने कार्य राेकिएकाे छ ।अविश्वास प्रस्तावकाे बदलाकै शैलीमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आजै मन्त्रिपरिषद् पुनगर्ठनको तयारी गरेका थिए ।प्रचण्डले केही दिन मन्त्रिपरिषद् पुनर्गठन नगर्न भनेपछि तयारी रोकिएको स्रोतले जनाएको छ ।
ओली पक्षका सामाजिक विकास मन्त्री दल रावल र उद्योग, पर्यटन तथा वन, वातावरणमन्त्री नन्दसिंह बुढालाई हटाएर माधव नेपाल समूहकालाई मन्त्री बनाउने तयारी गरिएकाे थियाे ।
शाही प्रचण्ड पक्षधर हुन् । उनले माधव नेपाल पक्षका सांसदहरुको साथ लिएर आफूविरुद्धको अविश्वास प्रस्ताव असफल बनाइसकेका छन् ।
यसअघि शाहीले आफूविरुद्धको अविश्वास प्रस्तावमा छलफल गर्न संसदीय दलको बैठक बोलाउने प्रमुख सचेतक गुलाबजंग शाहलाई बर्खास्त गरी आफ्नो पक्षकी सीताकुमारी नेपालीलाई नियुक्त गरिसकेका छन् ।