प्रचण्ड माधव समूहका नेता भीम रावलले प्रधानमन्त्री केपी ओलीले अपराधको पाप पखाल्न पशुपतिनाथ मन्दिर पुगेर बत्ती बालेको आरोप लगाएका छन्।
मुगुको गमगढीमा संसद विघटनविरुद्ध आयोजित सभालाई सम्बोधन गर्दै नेता रावलले यस्तो बताएका हुन्। उनले पशुपतिमा गएर बत्ती बाल्दैमा पाप नपखालिने जिकिर गरे। रावलले थपे, ’नागरिक समाज, कानुन व्यवसायीदेखि चौतर्फी बिरोध हुनथालेपछि आफुले गरेको असंवैधानिक कदमको पाप पखाल्न पशुपतिमा बत्ति बाल्न पुगेका छन्। तर यति ठूलो अपराधको बत्ती बालेर अपराध पखालिँदैन।’
पूर्वमन्त्री समेत रहेका रावलले केपी ओलीलाई काम गर्न पार्टीबाट कुनै अवरोध नभएको बरु उल्टै विदेशीहरुसँग झुक्न थालेको पनि आरोप लगाए । यस्तै देश र जनताविरोधी काम गर्न थालेपछि पार्टीले ओलीलाई रोक्न खोजेको उनले स्मरण गरे ।