नेकपा एमाले खनाल-नेपाल समूहले कास्कीमा समानान्तर कमिटी घोषणा गरेकाे छ ।धनराज आचार्यको अध्यक्षतामा घोषणा गरिएकाे ७५ सदस्यीय कमिटीकाे सचिवमा होमबहादुर नेपाली चुनिएका छन् ।
बिहीबार कास्की जिल्ला कमिटी घोषणा सभालाई सम्बोधन गर्दै नेता माधवकुमार नेपालले देशव्यापी रूपमा समानान्तर संगठन बनाउने बताए ।
८ लाखमध्ये ६ लाख कार्यकर्ता आफूहरुसँग रहेको भन्दै उनले २८ फागुनका निर्णय फिर्ता लिन र २ जेठ २०७५ मा फर्किने हो भने सबै बिर्सिन तयार रहेको पनि बताए ।
केपी ओलीलाई प्रधानमन्त्री र अध्यक्ष पद जान्छ कि भने चिन्ता भएकाे उनले बताए ।
एमाले नेता नेपाल र भीम रावललाई प्रधानमन्त्री ओलीले ६ महिनाका लागि निलम्बन गरेपछि साे समूहले समानान्तर कमिटी घाेषणा अभियानलाई झन तिब्रता दिइएकाे हाे ।