गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना संक्रमण पुष्टि भएको छ ।
एमाले सांसद राजीव पहारी, प्रभा कोइराला र कांग्रेस सांसद मनकुमारी गुरुङमा संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशानालयले जनाएको छ। त्यस्तै संसद सचिवालयका कर्मचारी सुष्मा गुरुङमा पनि संक्रमण पुष्टि भएको छ ।
मंगलवारको बैठकमा एमालेका सांसदहरुले पीसीआर परीक्षणबिना बैठक राखिएको भन्दै आपत्ति जनाएका थिए । उनीहरूले पिसिआर परीक्षणको माग गर्दै बैठक अवरुद्ध गरेका थिए।
गण्डकी प्रदेश सभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध पेस भएको अविश्वास प्रस्तावमा आज मतदान गर्ने कार्यसूची रहेकाे छ । मतदानमा काेराेना संक्रमित सांसदले पनि भाग लिन पाउने छन् ।