नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीमा नेतृत्व हस्तान्तरणबारे नयाँ प्रस्ताव अघि सारेका छन्।
मंसिरमा हुने कांग्रेसको १४ औं महाधिवेशनमा महामन्त्री पदमा लड्ने घोषणा गरेका शर्माले गृहजिल्ला झापाबाट पार्टीमा नेतृत्व हस्तान्तरणबारे नयाँ प्रस्ताव अघि सारका हुन्। राजनीतिमा सुधार गर्न उनले सार्वजनिक गरेको २४ बुँदे प्रस्तावको ११ औं नम्बरमा पुस्तान्तरणका कुरा उठाएका छन्।
शर्माले पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई नेतृत्व छोड्न भन्दैमा नछोड्ने उल्लेख गर्दै बरू संविधानमै नयाँ व्यवस्था राख्नुपर्ने धारणा राखे।
उनले एकपटक राष्ट्रपति, दुईपटक प्रधानमन्त्री, तीनपटक मन्त्री, चारपटक सांसदको सपथ मात्रै गर्न पाउने व्यवस्था संविधानमै उल्लेख गर्न प्रस्ताब गरेका छन्।