अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश–२ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा छापा मारेको छ । बर्दिबासस्थित अख्तियार कार्यालयमार्फत गएको टोलीले मुख्यमन्त्री कार्यालयमा छापा मारेको हो ।
प्रदेश–२ ले छोरीहरू विद्यालय पठाउने कार्यलाई उत्प्रेरित गर्नेगरी सञ्चालन गरेकाे ‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रममा बालिकाहरूलाई वितरण गर्ने साइकल खरिद कार्यमा अनियमितता भएको उजुरी परेपछि अख्तियारले त्यससम्बन्धी कागजात लिन छापा मारेको हो ।
टोलीले मुख्यमन्त्री कार्यालय पुगेर खरिदसम्बन्धी फाइल नियन्त्रणमा लिएर अनुसन्धानका लागि केन्द्रमा पठाउने तयारी गरेकाे छ। प्रदेश २ सरकारले २०७५ साल मंसिरबाट ‘बेटी पढाउ, बेटी बचाउ’ अभियान सुरु गरेको थियो ।