सत्ता गठबन्धनका उम्मेदवारहरुलाई हराउँदै ओखलढुंगाको मोलुङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुबै पदमा एमालेका उम्मेदवार बिजयी भएका छन्।
एमालेका उम्मेदवार उत्तम राईले ४हजार ५२ मतसहित अध्यक्ष जितेका हुन्। उनले नेपाली कांग्रेसका राजनकुमार दाहाललाई हराए। दाहालले ३ हजार ४६२ मत ल्याएका थिए।
४ हजार २०० मत ल्याएर एमालेकै उर्मिला खतिवडा निर्वाचित भइन्। उपमेयरका प्रतिस्पर्धी माओवादी केन्द्रका कुलबहादुर खत्रीले २ हजार ९६ मत पाएका छन्।
यो पालिकामा कांग्रेस–माओवादीबीच चुनावी गठबन्धन भएको थियो।