नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले कञ्चनपुर बन्द गराएको छ।
१३ वर्षीया वालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाका अपराधिलाई पक्राउ गर्न दबाब दिने उद्देश्यले नेविसंघले कञ्चनपुर बन्द गराएको हो। पन्तको हत्या भएको ६८ दिनि वितिसक्दा पनि हत्यार पक्राउ गर्न प्रहरी प्रशासन असफल रहेको भन्दै बन्द गराएपछि कञ्चनपुरको जनजीवन प्रभावित भएको छ।
यसअघि नेविसंघले सोमबार कञ्चनपुरका शैक्षिक संस्था बन्द गराएको थियो। नेविसंघले गरेको बन्दका कारण बजार, शिक्षणसंस्था र सवारी साधन प्रभावित भएका छन्।
लामोदूरीबाट आएका सवारी साधनहरुलाई भने सदरमुकाम प्रवेश गर्न दिइएको भएपनि महेन्द्रनगरबाट छुट्ने लामो तथा छोटो दूरीका सबै सवारी साधनसञ्चालनमा रोक लगाइएको छ।