नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिले समानुपातिकतर्फ कांग्रेसलाई मत दिएर संघीयता, लोकतन्त्र, गणतन्त्र र संविधानको जित सुनिश्चित गराउनु पर्ने बताएका छन्।
नेपाली कांग्रेस रौतहट क्षेत्र नं ४ द्धारा गरुडामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता निधिले प्रत्यक्षतर्फ सत्तागठबन्ध र समानुपातिकतर्फ संघ र प्रदेशमा कांग्रेसको चुनाव चिन्ह रुखमा मतदान गर्न आह्वान गरेका हुन्। एमालेसहितको प्रतिगामी शक्तिलाई हराएर सत्ता गठबन्धनका उम्मेदवारहरुलाई विजयी गराउन उनले मतदातासँग आह्वान गरे।
संविधान, संघीयता, लोकतन्त्र र समाबेशिताका लागि पाँच दलीय सत्तागठबन्धनका उम्मेदवारहरुलाई बिजयी गराउनु पर्ने निधिको भनाई थियो। आह्वान गरेका हुन्।
नागरिकता समस्याको दीर्घकालीन हल गर्न कांग्रेसको पहलमा संसदबाट पास गरेर अघि बढाइएको नागरिकता बिधेयक एमालेको उक्साहटमा राष्टपतिले अड्काएको उल्लेन गर्दै निधिले चुनाबपछि नागरिकता बिधेयक पारित गरेर कांग्रेसले नागरिकता सम्बन्धी समस्या हल गर्ने प्रतिबद्धता पनि जनाए।
त्यस अवसरमा कांग्रेस उम्मेदवार देबी तिम्सिनाले दुई दुई पटक संसद बिघटन गर्ने ओली नेतृत्वको गठबन्धनलाई मत दिनु भनेको फेरी पनि संसद बिघटन गरेर मुलुकलाई अस्थिरताको बाटोमा लैजाने शक्तिलाई मलजल गर्नु भएको बताए। उनले लोकतन्त्रको रक्षा र संविधानको सपल कार्यान्वयनका लागि सत्तागठबन्धनका उम्मेदवारहरुलाई मत दिन आह्वान गरे।