गोरखाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ को (२) मा वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार कांग्रेसका सुरेन्द्रराज पाण्डे विजयी भएका छन्।
बुधबार बिहान सम्पन्न मतगणनामा पाण्डेले १६ हजार ८ सय ८२ मत ल्याएर विजयी भएका हुन्।
पाण्डेका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वसन्त गुरुङले ५ हजार ३ सय ६० मत प्राप्त गरेका छन्। पाण्डे ११ हजार ५ सय २२ मतको फराकिलो अन्तरले विजयी भएका हुन्।
सो क्षेत्रमा कूल २७ हजार ४ सय ३० मत खसेको थियो।