धनुषा निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले)की जुलीकुमारी महतो निर्वाचित भएकी छिन् । मुख्य निर्वाचन अधिकृत व्रजेश प्याकुरेलका अनुसार उनी ३३ हजार तीन सय ८८ मतसहित विजयी भएकी हुन् ।
पाँचदलीय गठबन्धनका लोकतान्त्रिक समाजवादी पार्टीका अनिलकुमार झालाई नौ हजार सात सय दुई मतान्तरले पछि पार्दै उनी तेस्रोपटक निर्वाचित भएकी हुन्। ४६ वर्षीया महतो यसअघि समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएकी थिइन् । तीन दशकदेखि राजनीतिमा क्रियाशील उनले संसदीय यात्रा भने विसं २०६४ बाट सुरु भएकाे हाे।