सुनसरी क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका ज्ञानेन्द्रबाहदुर कार्की विजयी भएका छन् । सूचना तथा सञ्चारमन्त्री समेत रहेका कार्की ११२ मत बढी ल्याइ विजयी भएका हुन् ।
कार्कीले ३० हजार ४८३ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का जगदिश प्रसाद कुसियैतले ३० हजार ३७१ मत प्राप्त गरे । भोजपुर निवासी कांग्रेस नेता कार्की यसघि सोही निर्वाचन क्षेत्रबाट भारी मतान्तरसहित निर्वाचित भएका थिए।