आलोपालो गरी पाँच वर्षसम्म सरकार सञ्चालन गर्ने सहमति गरेका कांग्रेस-माओवादीकाे सत्ता गठबन्धन भत्किएकाे छ ।नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच सत्ता सहकार्य गर्ने सहमति जुटेसँगै नेपाली कांग्रेस नेतृत्वको गठबन्धन भत्किएको हो ।अब माओवादी, एमाले, रास्वपा र जसपासहितको नयाँ गठबन्धन बन्ने भएकाे छ ।
विशेष गरी राष्ट्रिय सभा अध्यक्ष चयनको विषयलाई लिएर दुई दलबीच विवाद देखिएको थियाे। मुख्य गरी प्रमुख दुई घटक कांग्रेस र माओवादी केन्द्रबीच पछिल्लो समय कतिपय विषयमा असमझदारी देखिएकाे थियाे।दुई पार्टीका नेताबीच सार्वजनिक मञ्चमै एकअर्काप्रति आरोपप्रत्यारोप समेत चल्दै आएकाे थियाे ।
प्रधानमन्त्री दाहालले कांग्रेसले आफूलाई काम गर्न नदिएको गुनासाे गर्दै आएका थिए ।आलोपालोकै क्रममा अब कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने दिन नजिकिँदै थियाे ।अचानक गठबन्धन भत्किनुलाई कतिपयले प्रधानमन्त्री नछाड्ने प्रचण्डकाे षडयन्त्र भनेका छन् ।