नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्काल बाम एकता सम्भव नरहेको बताएका छन। उनले अहिले सहकार्य अघि बढिरहेको बताए।
सुदूरपश्चिम विश्वविद्यालयले आयोजना गर्ने चौथो दीक्षान्त समारोहका लागि सुदूरपश्चिम पुगेका प्रधानमन्त्री दाहालले आइतबार धनगढी बिमानस्थलमा पत्रकारसँग कुरा गर्दैे बिस्तारै राम्रो सहकार्य र सहमती हुँदै गएमा पछि गएर बाम एकता हुन सक्ने बताए।
प्रचण्डले अहिलेको सत्ता गठबन्धन पुरै कार्यकालसम्म रहने बताए।अहिलेको सत्ता समिकरण बामपन्थीको मात्र भनेर नगरेको बताउदै प्रधानमन्त्री दाहालले भने बाम एकता भन्नु सहि नभएको बताए।