नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा) को प्रदेश नम्बर १ को संसदीय दलले प्रमुख सचेतक र सचेतक चयन परेको छ।
मंगलबार बसेको नेकपा प्रदेश नम्बर १ को संसदीय दलको बैठकले दलको प्रमुख सचेतकमा बुद्धिकुमार राजभण्डारी र सचेतकमा सीता थेबेलाई चयन गरेको हो।
प्रमुख सचेतक राजभण्डारी सोलखुम्बुबाट निर्वाचित सांसद हुन् भने थेबे पाँचथरबाट निर्वाचित सांसद हुन्।
नेकपाको प्रदेश सभा १ को संसदीय संसदीय दलको नेता मुख्यमन्त्री शेरधन राई र उपनेतामा टंक आङबुहाङलाई यसअघि नै चयन गरिसकेको थियो। प्रदेश १ मा नेकपाका ६७ सांसद छन्।