प्रदेश नम्बर ५ का आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीले प्रदेश नम्बर पाँचका सबै चालकलाई पोसाक अनिवार्य गर्न लगाएको बताएका छन् ।
प्रदेश नम्बर ५ ट्राफिक प्रहरी कार्यालय बुटबल र सुरक्षित यात्रा नेपालको आयोजनामा बुटवलमा वृहत सचेतना मुलका र्याली समापन कार्यक्रममा बोल्दै पोसकमा एकरुपता आउदाँ दुर्घटना न्युनिकरण र पहिचान गर्न सजिलो हुने भएकोले अनिर्बाय गराईएको बताए ।
मन्त्री केसीले चालकलाई केहिरुपमा भएपनि पनि तनाव मुक्त बनाउन प्रदेश भरीमा ३ वटा रिफ्रेस सेन्टर निर्माण गर्न लागेको वताए। उनले प्रदेश सकरारले हरेक गाडीमा जिपीएस प्रणाली बनाएर प्रदेशलाई नमुना र दुर्घटएना रहित बनाउने योजना का साथ लागेको बताए ।
अधिबक्ता महेन्द्र पाण्डेले नेपालका राजमार्ग नभै मृत्यु मार्ग जस्ता भएको बताउँदै सडक खेत खोला जस्तै भएको वताए । ट्राफीक प्रहरीले जरिवाना तिराउनेमा भन्दा पनि दुर्घटना न्युनीकरणमा विशेष ध्यान दिन पाण्डेको आग्रह थियो।
कार्यक्रममा पश्चिम नेपाल बस व्यवसायी समितिले अध्यक्ष दघिराम खरेलले न्यू होराईजन आवाशिय माविका प्राचार्य लोकनाथ उपाध्याय, सुरक्षित यात्रा नेपालका अध्यक्ष कुष्ण बेलबासे, पाच नम्बर प्रदेश ट्राफीक प्रहरी कार्यालयका निमित्त प्रमुख, प्रहरी नायब उपरिक्षक माधब बुढाथोकी लगाएतले बोलेका वोलेका थिए ।