स्थानीय तहको कामबारवाहीको योजना तर्जुमा गर्न संविधानले स्थानीय तहका उपप्रमुख संयोजक हुने व्यवस्था गरेको छ। तर धनुषाको हंसपुर नगरपालिकामा योजना तर्जुमा समितीकी संयोजकबिना नै योजना बनेको पाइएको छ।
जनकपुरमा नगरप्रमुख रामज्ञान मण्डल र उपप्रमुख रेणु झाले शनिवार संयुक्त रुपमै गरेको पत्रकार सम्मेलनमा उपमेयर झाले नगरपालिकामा आफुलाई जानकारी नै नगराई योजना बनिसकेको दावी गरेकी छिन्। मेयर मण्डलकै अगाडी पत्रकारहरुसमक्ष उनले भनिन्, ‘नगरको योजना तर्जुमाको संयोजक म आफैँ रहेपनि मलाई योजनाबारे केही जानकारी नै छैन्। मलाई बाइपास गरेर योजना ल्याइयो, म मेयरबाट पीडित भइसकेकी छु।’
नगरको विकासकार्यमा कुनै किसीमको बाधा अडचन नआओस भनी आफु एकवर्षदेखि चुप लागेर बसेकी उपमेयर झाले गुनासो पोखिन। नगरप्रमुख मण्डलले उपमेयर झासँग कुनै किसीमको मतभेद नरहेको दावी गरेपछि उपमेयर झाले जवाफ फर्काउँदै भनिन् ‘नगरप्रमुखको कामकर्तव्यले मलाई वहासँग बोल्न पनि मन लाग्दैन तर नगरको काम अबरुद्ध हुनसक्ने भन्दै बाध्यबस मलाई बोलाउनु परेको छ।
विकास निर्माणकै सवालमा नगरपालिकाका मेयर मण्डल र उपमेयर रेणु झाबीच पटकपटक विवाद हुँदै आएको छ। मेयर मण्डलले एकलौटी निर्णय गरेको भन्दै उनीविरुद्ध उपमेयर झा विगतमा आमरण अनशनमै बसेकी थिइन्।
एउटै पार्टी राजपाबाट निर्वाचित भएका मेयर र उपमेयरबीचको विवादलाई पार्टीको जिल्ला नेतृत्वले साम्य पारेको थियो। यसबाहेक विगत केहिदिन वडा नम्बर २ का वडा अध्यक्षले हरहिसाब माग गरेपछि दिन नमान्दा स्थानीयहरुले निमित्त कार्यकारी अधिकृतलाई स्थानीयहरुले कार्यालयमै थुनेका थिए।
उपमेयर झाले आर्थिक वर्ष ०७४/७५ को बजेटमा भ्रष्टाचार नभएको भन्न सक्ने अवस्था नरहेकी बताइन्।
उनले आफु लगायत अनुगमन समितीका सदस्यहरुसँग योजना अनुगमन गर्दा वडाहरुमा ४० देखि ६० प्रतिशतसम्म विकासकार्य भएको र कतै विकास नै नभएको प्रतिवेदन तयार पारेको उल्लेख गरिन्। तर, मेयर मण्डलले आफ्नो नगरमा अपेक्षभन्दा राम्रो विकासकार्य भएको दावी गर्दै अनुगमन समितीबाट सकरात्मक प्रतिवेदन नै प्राप्त भएको बताए।
उनले उपमयेको अनुगमन समीतिबाट आएको प्रतिवेदन अनुसार सबै वडाहरुमा बजेट निकासा भएको बताए। यता उपममेयर झाले नगरपालिकाद्धारा सार्वजनिक प्रतिवेदनमा आफ्नो समिती र प्राविधिकहरुले गरेको अनुगमनको मुल्याङकनबिना नै एकलौटी रुपमा अनुगमन प्रतिवेदन सार्वजनिक भएको दावी गरिन्।
हंसपुर नगरपालिकामा व्यापक भ्रष्टाचार भएको आफ्नै पार्टीका नेता कार्यकर्ता तथा प्रतिपक्षी दल काँग्रेसले पटक पटक आरोप लगाइरहँदा मेयर मण्डलले भ्रष्टचारको आरोपलाई खण्डण गरेका छन्। उनले नगरपालिकामा भएको विकासकार्यमा कतै भ्रष्टाचार नभएको दावी गरे। उनले नगरपालिकामा काम राम्रो भएपनि सूचना सम्प्रेशन गर्न नसक्दा जनतासमक्ष आफुले विकासकार्य देखाउन नसकेको बताए।
निर्वाचित भएको एक महिनापछि नै नगरपालिका कार्यालयका प्रमुख प्रशासकिय अधिकृतको सरुवा भएपछि विकासकार्य गर्नमा अप्ठ्रयारो परेको मेयर मण्डलको भनाइ छ। ‘आफुहरु निर्वाचित भएको एक महिनापछि प्रमुख प्रशासकिय अधिकृतको सरुवा भयो । कार्यालयमा सुब्बास्तरको मात्र कर्मचारी बाँकी बस्यो।’ उनले भने, ‘कर्मचारी नै नरहेपछि रकम निकासा कसरी हुने र विकासकार्य कसरी हुने ? जेठ १५ गतेपछि मात्रै विकासकार्य सुरु भयो। तर कहिँकतै भ्रष्टाचार भएको छैन्।’
आर्थिक वर्ष २०७४÷७५ मा नगरपालिकामा कुल रु.३७ करोड १४ लाख २९ हजारको बजेट विनियोजन भएको थियो जसमा चालु तर्फ रु. १७ करोड ३४ लाख ४२ हजार तथा पुँजिगत तर्फ रु. १९ करोड ७९ लाख ८७ हजार रहेको थिय ।
जसमध्ये प्रत्येक वडाकालागि रु. १ करोड १५ लाख विनियोजन गरिएको मेयर मण्डलले जनाए। कर्मचारी ढिलो आएपछि विकास खर्चमध्ये मात्र रु.६ करोड खर्च भएको र बाँकी रु. १२ करोड सन्चित कोषमा जम्मा भएको उनको भनाई छ।