प्रधानमन्त्री केपी शर्मा ओलीले पनि शुभसाइतमा भाइटीका लगाएका छन् । उनले सरकारी निवास बालुवाटारमै दुई बहिनी विष्णुमाया ढकाल र कमलादेवी कोइरालाको हातबाट भाइटीका लागाएका हुन् ।
टीका लगाइदिएपछि दिदी बहिनीले प्रधानमन्त्री ओलीलाई मखमलीको माला लगाई कटुुस, ओखर र मिठाई खुवाएर वात्सल्य प्रस्तुत गरेका थिए। साथै उनीहरूले प्रधानमन्त्री पत्नी राधिका शाक्यलाई पनि टीका लगाइदिएका थिए ।
प्रधानमन्त्रीले बहिनीद्वयलाई टीका लगाइदिएर दक्षिणा तथा स्नेहोपहार पनि प्रदान गरे।
केही दिन अघिमात्र अस्पतालबाट डिस्चार्ज भएका प्रधानमन्त्री ओलीले चिकित्सकहरुको सल्लाह बमोजिम बालुवाटारमै भाइटीका लगाएका हुन् । चिकित्सकले प्रधानमन्त्री ओलीलाई अझै केही दिन आराम गर्न सुझाब दिएका छन् ।