लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले वर्तमान कर्मचारीतन्त्र असफल भएको दाबी गरेका छन्।
रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको देउसी भैलो कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले भने,“नेपालको कर्मचारीतन्त्र असफल भयो। कर्मचारीहरु कामै नलाग्ने भए। मुलुकको विकास र समृद्धिमा कर्मचारीतन्त्रले सहयोग गरेन। कर्मचारीतन्त्रमा धेरै राजनीतिकरण भयो। यो राजनीतिकरणलाई खारेज गर्नुपर्छ।”
अध्यक्ष मैनालीले कर्मचारीमा काम, कर्तव्य र आफ्नो दायित्वप्रति जवाफदेहिता नदेखिएको आरोप लगाए। उनले भने,“काम नगर्ने कर्मचारीलाई हटाउनुपर्छ।
जवाफदेही र सक्षम कर्मचारी भर्ना गर्नुपर्छ। कर्मचारीकै असक्षमताका कारण जति विकास हुनुपर्दथ्यो, त्यति हुन सकेन्। नेपालको कर्मचारीतन्त्रमा जत्तिको राजनीतिकरण विश्वमा अन्त कहीँपनि छैन।”