प्रदेश २ का प्रमुख रत्नेश्वरलाल कायस्थले मैथिली भाषाको गौरवमय इतिहास रहेकाले कसैले मेटाउन नसक्ने चेतावनी दिएका छन् । प्रदेश २ मा भाषाबारे विभिन्न टिकाटिप्पणी भइरहेको बेल उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।
बुधबार जनकपुरमा विद्यापती ट्रस्टद्धारा आयोजित विद्यापती स्मृती २०७५ पर्वलाई सम्बोधन गर्दै उनले मैथली भाषाको गौरवमय इतिहास, तथ्याङ्क भएकाले यसलाई मेटाउने कुरा औचित्यहिन रहेको बताए ।
मैथिलीका कोकिल विद्यापती मिथिलाको धरोहर रहेको भन्दै उनले विद्यापटि स्मारक बनाउ र जोगाउनेबारे एउटा गोष्ठी गर्न आयोजकलाई सुझाब दिए ।
विद्यापतीलाई तुलसी दाससंग तुलना गर्दै उनले भने, ‘विद्यापती मिथिलाकालागि तुलसीदास झैँ हुन्, उनका योगदान अविसमरिणीय छ । प्रदेश प्रमुख कायस्थले भने,‘मिथलाको सामाजिक, ऐतिहासिक, सांस्कृतिक र धार्मिक लगायत सबै धरोहरहरुको छिट्टै उत्खन्न गरी स्मारक बन्नुपर्छ ।’