नेपाल सरकारका उपप्रधान एवं रक्षमन्त्री ईश्वर पोख्रेलले आफ्नो प्रतिवद्धताबाट सरकार एक ईन्च पनि तलमाथि नहट्ने दावि गरेका छन्। लमजुङको भक्तीनमूना माविको स्वर्ण महोत्सवलाई सम्वोधन गर्दै उपप्रधानमन्त्री पोख्रेलले यस्तो दावी गरेका हुन् ।
उपप्रधानमन्त्री पोख्रेलले निर्वाचनका बेला जनताको विचमा गरिएका प्रतिवद्धता, घोषणा पत्रमा उल्लेख गरिएका प्रतिवद्धता र सरकार बनेपछि गरिएका प्रतिवद्धता पुरा गर्न केन्द्रिय सरकार लागि परेको बताए । अहिले दुईतिहाई बहुमतको सरकार भएकोले जनतासामू गरिएका प्रतिवद्धता जसरी भएपनि पुरा गर्ने उनको भनाई थियो ।
उपप्रधान मन्त्री पोख्रेलले प्रतिपक्षी दललाई लक्षित गर्दै निर्वाचनको पिडालाई अधिनायकवादको छायाँ देखेको आरोप लगाए । उनले बहुमतको सरकार भएपनि अधिनायक बाद स्वीकार्य नहुने जिकीर गरे ।
फरक प्रसंगमा बोल्दै उपप्रधानमन्त्री पोख्रेलले पुरानो शिक्षा नितिलाई परिमार्जन गरी आत्मनिर्भरता, रोजगारी, स्वरोजगार, उद्यमशिलता, प्राविधिक ज्ञान र सिप उन्मुख हुने धारणा व्यक्त गर्नुभयो । आर्थिक विकास र समृद्धिको लागि पुरानो ढर्राको शिक्षा निति परिवर्तन गर्नु आवश्यक रहेको उनको भनाई थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृतिनाथ सापकोटाको अध्यक्षतामा भएको सो कार्यक्रममा गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वीसुव्वा गुरुङ, प्रतिनिधी सभा सांसद तथा नेकपा मुख्य सचेतक देव गुरुङ, पूर्व स्वास्थ्य सहायक मन्त्री रामचन्द्र अधिकारी लगायतले मन्तव्य राखेका थिए ।