सरकारले अनशनरत प्रा. डा. गोविन्द केसीका अधिकांश माग पूरा भइसकेको बताएको छ।
बिहीबार मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सूचना प्रविधि तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले डा. केसीका माग ९५ प्रतिशत माग पूरा भइसकेको दाबी गरेका हुन्। उनले भने,‘ डा. केसीका ९५ प्रतिशत माग पूरा भएका छन्। बाँकी हुँदै जान्छन्।’
मन्त्री बाँस्कोटाले अष्ट्रेलियाका लागि नेपाली राजदूत लम्की शेर्पालाई निकास दिन सरकारले आग्रह गरेको जानकारी दिए। प्रवक्ता बाँस्कोटाले भने,‘ शेर्पाबारे छानबिन गर्न गठित समितिले प्रतिवेदन बुझाइसकेको छ। राजदूत शेर्पाले सायद केही दिनमै निकास दिनुहुन्छ।’