राष्ट्रिय प्रजातन्त्र पार्टीले पृथ्वी जयन्तीको अवसरमा शुक्रबार काठमाडौमा चियापान कार्यक्रमको आयोजना गरेको छ ।
राष्ट्रिय एकता दिवस एवं २९७ औं पृथ्वी जयन्तीको अवसरमा राप्रपाले सधैंको वर्ष झैं यसपटक पनि चियापान समारोहको आयोजना गरेको हो । सभागृहमा आयोजित चियापान कार्यक्रमका सहभागीहरुलाई पार्टी अध्यक्ष कमल थापा लगाएका नेताहरुले स्वागत गरेका थिए ।
राप्रपाले राष्ट्रिय एकता दिवसलाई पर्वका रुपमा मनाउन र सार्वजनिक बिदा दिन सरकारसँग मागसमेत गरेको छ । राप्रपाले २०६४ सालदेखि हरेक वर्ष पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा चियापान कार्यक्रम गर्दै आएको छ ।
यसबर्ष राप्रपाले चियापान कार्यक्रमका साथै राष्ट्रिय कवि गोष्ठिको पनि आयोजना गरेको थियो । कार्यक्रममा बिभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।