नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता भरतमोहन अधिकारीको स्वास्थ्यमा सुधार आएकाे छ ।
गत सोमबार अचानक छातीमा समस्या देखिएपछि मेडिसिटी अस्पतालको आइसियूमा भर्ना गरिएकाे थियाे । अधिकारीको स्वास्थ्यमा सुधार देखिएपछि शुक्रबार नर्मल बेडमा सारिएको छ ।
अहिले चिकित्सक राजेन्द्रप्रसाद रिजाल नेतृत्वको टोलीले उपचार गरिरहेको छ ।लामो समयदेखि अस्वस्थ रहेपछि अधिकारी राजनीतिबाट टाढिदै ललितपुरस्थित निवासमै आराम गर्दै आएका छन् ।