नेपाल तरुण दलले कम्युनिस्ट सरकारको अधिनायकवादी चरित्र बिरुद्ध सातवटै प्रदेशको राजधानीमा बिरोध प्रदर्शन गर्ने भएको छ।
मुलुकमा व्याप्त भ्रष्टाचार, महंगी, मुल्यबृद्धि, वाइडबडी,निर्मला पन्त लगायतका गैरकानुनी र अलोकतान्त्रिक रबैयाको बिरोधमा सातै प्रदेशको राजधानीमा बिरोध प्रदर्शन कार्यक्रम तय गरिएको तरुण दलका महासचिब भुुपेन्द्रजंग शाहीद्धारा हस्ताक्षरित बिज्ञप्तिमा जनाइएको छ।
महासचिब शाहीका अनुसार प्रदेश राजधानीमा बिरोध ¥याली प्रदर्शन गरिनुका साथै बिरोध सभाको कार्यक्रमसमेत तय गरिएको छ।
जस अनुसार माघ ८ गते प्रदेश १ को बिराटनगर, माघ ९ गते प्रदेश २ को जनकपुर, माघ १० गते प्रदेश तीनको हेटौंडा, माघ ११ गण्डकी प्रदेशको पोखरामा बिरोध प्रदर्शन गरिनेछ।
यसैगरी, माघ १२ गते प्रदेश पाँचको भैरहवा, माघ १३ कर्णाली प्रदेशको सुर्खेत र माघ १४ सदुरपश्चिम प्रदेशको धनगढीमा बिरोध प्रदर्शन गरिनेछ।