भारतका राष्ट्रपति रामनाथ कोविन्दले प्रधान सेनापति महारथी पूर्णचन्द्र थापालाई भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जाको दज्र्यानी चिन्ह प्रदान गरिएकाेछ।
भारतको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति थापालाई शनिबार नयाँदिल्लीस्थित राष्ट्रपतिभवनमा आयोजित विशेष समारोहमा राष्ट्रपति कोविन्दले सो चिन्ह प्रदान गरेकाे नेपाली सेनाले जनाएको छ ।
नेपाल र भारतीय सेनाबीच रहिआएको परम्परागत आपसी सम्बन्धअनुरुप दुवै देशका सेना प्रमुखलाई कदरस्वरुप सन् १९५० देखि सो दर्जा दिने प्रचलन रहिआएको छ । भारत भ्रमणका लागि शुक्रबार त्यसतर्फ गएका प्रधानसेनापति थापाले नयाँदिल्लीस्थित नेशनल डिफेन्स कलेजको निरिक्षण समेत गरेकाे सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।