भारत जम्मु कश्मीरको रजौरी जिल्लाको नौसेना सेक्टरमा भएको आतंकवादी आक्रमणमा एक गोर्खा सैनिकको मृत्यु भएको छ।
दार्जिलिङ सिंग्रीतामका २३ वर्षीय जीवन गुरुङको मृत्यु भएको हो। शुक्रबार राति ९ बजे आतंकवादीद्वारा थापिएको एम्बुसमा परेर राइफलम्यान गुरुङसँगै एक मेजर जनरलको पनि मृत्यु भएको जनाइएको छ। उनी हाल अरुणाचल प्रदेशको अमिनीमा कार्यरत थिए।
उनको शव शनिबार दिल्ली लगिएकोमा आज आइतबार गृहनगर ल्याएर परिवारलाई बुझाइने जनाइएको छ।