नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नं ५ प्रदेशसभा संसदीय दलको बैठकमा सावारी साधन खरिदका क्रममा भएको आर्थिक अनियमिताका विषयमा छलफल भएको छ । प्रदेशलाई आर्थिक हिसावले अत्यान्तै पारदर्शी बनाउने प्रतिवद्धता विपरितका गतिविधिहरु भएको भन्ने संचार माध्यमहरुका समाचारका विषयमा दलको वैठकमा गंभिर छलफल भएको एक सांसदले बताए ।
उनका अनुशार ऐन नियम र नियमावली अनुसार नै सबै काम कारवाही हुनु पर्ने र केहि गलत भएको हो भने छानविनवाट सत्यतथ्य जनतामाझ ल्याउन पर्ने आवाज केहि सांसदहरुले राखेका थिए । उक्त विषयमा छलफल हुदा लेखा समितिले गठन गरेको संसदीय उपसमितिलाई आवश्यक सहयोग गर्ने निश्कर्ष पनि वैठकको रहेको छ । त्यसैगरि आफ्नै घरमा बसेर घरभाडा लिएको , सांसदहरुका आफन्तलाई पिए बनाको लगायतका विषयमा पनि छलफल भएको थियो ।
झण्डै पांच महीनापछि बसेको बैठकमा मुख्य मन्त्री तथा नेकपा संसदीय दलका नेता शंकर पोख्रेलले प्रदेशको विकास निमार्ण र सम्बृद्धिको विषयमा सरकारसंग सहकार्य गर्न सांसदहरुलाई आग्रह गरे । प्रदेशमा कानून निर्माणमा चासो राखेर कस्तो कानून निर्माण गर्ने तथा प्रदेशको विकास, समृद्धि र सुशासन कायम गर्ने विषयमा ध्यान दिन संसदीय समितिलाई उनले आग्रह गरे ।
यसअघि बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले मन्त्रालय अन्तर्गत भएका कामको विवरण, भौतिक पूर्वाधारमन्त्री वैजनाथ चौधरीले मन्त्रालय अन्तर्गत सञ्चालित विकास निर्माणका आयोजनाको अवस्था, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले प्रदेशको समृद्धिसँग जोड्न मन्त्रालयबाट सम्पादित काम कारवाहीको अवस्था र सामाजिक विकासमन्त्री सुदर्शन बरालले शिक्षा, स्वास्थ तथा सामाजिक क्षेत्रका विषयमा मन्त्रालयको कामको विवरण प्रस्तुत गरेका थिए ।
यस्तै कृषि, सहकारी तथा भूमि व्यवस्थामन्त्री आरती पौडेलले प्रदेशमा कृषि क्षेत्रमा लगानी बढाउने र जनतालाई सहकारीसँग जोड्न मन्त्रालयका कार्यक्रमका बारेमा विवरण प्रस्तुत गरेको प्रम्ख सचेतक ढकालले जानकारी दिए ।
त्यसैगरि नेकपा संसदिय वोर्डको वैठक पनि सम्पन्न भएको छ । वोर्ड वैठकमा पनि प्रदेशको आर्थिक शुसासन, सरकार र सांसदहरुको सहकार्य कानुन निमार्ण तथा विकास निमार्ण लगायतका विषयमा छलफल भएको संसदिय वोर्डका सचिव भोज प्रसाद श्रेष्ठले जानकारी दिए ।
उनले घर भाडा, गाडि खरिद,प्रदेश राजधानी नामाकरण लगायतका विविध विषयमा छलफल भएको थियो । संसदिय वोर्डमा दलका नेता उपनेता प्रमुख सचेतक सचेतक मन्त्रीहरु लगायत १७ सदस्यीय समिति रहेको छ । तर नेकपा ससदिय दलमा ६१ जना प्रदेश सांसदहरुको रहेका छन् ।