न्याय परिषदले तनहुँ जिल्ला अदालतका न्यायाधीश ओमकार उपाध्यायालाई कारवाहीको लागि छानबिनको दायरामा राखेको छ।
उनीसँगै ४ जना न्यायाधीशको शैक्षिक प्रमाणपत्र नक्कली रहेको उजुरी परे पनि परिषद्ले हाल उनलाई मात्र छानबिनको लागि परिषदले फिर्ता बोलाएको हो ।
गलबार बसेको परिषदको बैठकले निर्णय गरे पनि उनलाई बिहीबार रमाना हुनेगरी बुधबार पत्र थमाइएको छ । २०६३ सालमा जिल्ला न्यायाधीशमा नियुक्त उपाध्याय गएको भदौ १ गतेबाट तनहुँ जिल्ला अदालतमा हाजिर भएका थिए ।
बुधबार उपाध्यायको इजलाशमा तेकिएका ३ मुद्दा पनि उनले हेर्न पाएनन् । न्याय परिषद् प्रवक्ता रामेश्वर रेग्मीले प्रधानन्यायाधीशले न्यायाधीशलाई काज सरुवा गर्न सक्ने भन्दै आफूले यो बारेमा थाहा नपाएको बताए ।