प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले संघीय सरकारले ल्याएको प्रहरी र आन्तरिक सूरक्षासम्बन्धी विद्येयक संविधान र संघीयताविरोधी भएकोले यसलाई तत्काल परिमार्जन गर्नुपर्ने बताएका छन् ।
शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले प्रहरी परिचालनदेखि लिएर शान्ति सुरक्षाको जम्मै अधिकार एउटा प्रमुख जिल्ला अधिकारीलाई दिने व्यवस्था यी दई विद्येयकमा गरिएकोप्रति कडा आपत्ति जनाए ।
उनले प्रदेशमा एउटा समानान्तर सत्ता सञ्चालन गर्ने र प्रदेशलाई एउटा विकासको युनिट बनाउने संघीय सरकारको नीति रहे प्रदेशको लागि कुनैपनि हालतमा स्विकार्य नहुने चेतावनी दिए । उनले संविधानको अनुसुचिमै आफूहरुको क्षेत्राधिकार बाँडिएको उल्लेख गर्दै सोही क्षेत्राधिकार रहेर संघीय, प्रदेश र स्थानीय सरकार चल्नुपर्ने स्पष्ट पारे ।
मुख्यमन्त्री राउतले संघीयतामा यो ‘डिभीजन अफ पावर’ भएकोले ‘डिस्ट्रिब्युसन अफ पावर’ नभएको जिकिर गरे। मुख्यमन्त्री राउतले २ नम्बर प्रदेशले विभिन्न कठिनाईको बावजुदपनि सिमित स्रोत साधन,सिमित जनशक्तिको बावजुद पनि आफूले दुई दुई चोटी नीति, कार्यक्रम र बजेट ल्याएर अहिले कार्यक्रमहरु सञ्चालन गरेको बताए ।
उनले आफ्नो प्रदेशले अरु विकास निर्माणका कामहरु गरिरहेको पनि स्पष्ट पारे । त्यस्तै उनले आफूहरुले स्वच्छ अभियानलाई पनि तिव्रताका साथ अघि बढाउनेपनि जानकारी दिने ।