गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मध्यपहाडी लोकमार्ग निर्माणको गतिमा अवरोध पुर्याए अप्रिय घट्ना घट्न सक्ने बताएका छन् ।
लमजुङको भोटेओडारमा प्रथम भोटेओडार महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले विवादित विषयमा सहमती नखोजे प्रदेश सरकारले अप्रिय निर्णय लिन बाध्य हुने बताएका हुन्।
राष्ट्रिय गौरवको आयोजना दैलोमा पाउँदा गर्भ गर्नुभन्दा विरोध गर्नेले समृद्धिको यात्रामा अवरोेध पुर्याएको भन्दै माघ महिनाभित्र सहमती नजुटे डोजर चल्ने सम्मको चेतावनी दिए । लमजुङमा मापदण्ड अनुसारको निर्माण भए बजारलाई अप्ठ्यारो हुने भन्दै स्थानीयले लगातार विरोध गरेपछि राष्ट्रिय गौरवको मध्यपहाडी (पुष्पलाल) लोकमार्गको ८ किमि क्षेत्रको काम अघि बढ्न सकेको छैन ।
शुक्रवार देखि सञ्चालन भएको प्रथम भोटेओडार महोत्सव आगामी माघ २७ गतेसम्म चल्नेछ । महोत्सवकै अवसरमा पोखरा, लमजुङ, गोर्खा माउन्टेन बाईक रुटको समेत मुख्यमन्त्रीले उदघाटन् गरे ।