प्रदेश १ को प्रदेश सभाको हिउँदे अधिवेशन आज(आइतबार)बाट शुरु भएको छ । हिउदो अधिवेशनले प्रदेश न १ को राजधानी र नामाङ्कनको विषय टुंगो लगाउने जनाइएको छ ।
बर्षे अधिबेशन अन्त्य भएको तीन महिना २७ दिनपछिबाछ शुरु भएको हो । हिउँदे अधिवेशन प्रदेश प्रमुख प्रा डा गोबिन्द तुम्हाङले अधिवेशन आब्हान सम्बन्धी पत्र सभामुख प्रदीप भण्डारीले पढेर सुनाएका थिए ।
यसैबीच प्रदेश १ को हिउदे अधिवेसन सुरु भए सँगै एक नम्वर प्रदेशको नाम किराँत लिम्बुवान वा खम्बुवान हुुनुपर्ने माग गर्दै संसद भवन अगाडि १ घण्टा धर्ना दिए ।
संघिय लोकतान्त्रीक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङदेनको नेतृत्वमा धर्ना बसेका थिए । संसद भवन अगाडि धर्ना दिएका लिम्बुवान संगठन सम्बद्ध नेताहरुले ३ बजे शुरु भएको अधिवेशन लाई प्रभावीत पार्नेगरी धर्ना दिएका थिए ।
बाक्लो सुरक्षा व्यवस्थाकाबीच प्रदेश समितिको हिउँदे अधिवेशन संचालन भएको थियो । कार्यक्रममा सुनसरी , झापा र मोरङका विभिन्न स्थानबाट सो पर्टीका कार्यकर्ताको उपस्थिती रहेको थियो ।