तामाङ समुदायको नयाँ बर्षको रुपमा रहेको सोनाम ल्होछारको दिन ३ नं प्रदेश सरकारले बिदा दिने घोषणा गरेको छ ।
माघ २२ गते पर्ने सोनाम ल्होछारका दिन बिदा दिने दिइने व्यहोरोको सूचना आइतबार आन्तरिक तथा कानून मन्त्रालयले प्रकाशन गरेको हो । माघ ९ गते बसेको मन्त्रीपरिषद बैठकको निर्णय बमोजिम मन्त्रालयले सूचना प्रकाशन गरी बिदाबारे जानकारी दिएको हो ।
यसअघि नेपाल तामाङ घेदुङ र जनजाति महासंघले समेत जातीय पर्वहरुमा विदा दिन माग गर्दै मुख्यमन्त्री डोरमणि पौडेलसहित सरोकारवालाको ध्यानाकर्षण गराएको थियो ।
यसअघि प्रदेश सरकारले विदा दिने संकेत नदेखाएपछि मकवानपुरको बागमती र राक्सिराङ गाउँपालिकाले सोनाम ल्होछारको दिन बिदा दिने भनी सार्बजनिक सूचना प्रकाशन गरेको थियो ।