प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस लमजुङले सरकारविरुद्ध सोमबार प्रदर्शन गरेको छ। लमजुङ सदरमुकाम बेसीशहरमा कांग्रेस लमजुङले सरकारविरुद्ध बृहत प्रदर्शन गरेका हुन्।
कांग्रेस कार्यकर्ताहरु विरोध प्रदर्शनका व्यानर र झण्डासहित सडकमा उत्रिएका छन्। वाइडवडी विमान खरिद काण्ड, चिकित्सा शिक्षा विधेयक, निर्मला पन्त हत्याको दोषीलाई कारबाही गर्नुपर्ने लगायतका माग राखेर सरकारविरुद्ध प्रदर्शन गरेको नेपाली कांग्रेस लमजुङले जनाएको छ।