नेपाल–भारत वाणिज्य सन्धि सम्बन्धि सहसचिवस्तरीय वार्ता पोखरामा सुरु भएको छ । नेपाल–भारत उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिवस्तरीय दोस्रो बैठक बिहीबारदेखि पोखरामा सुरु भएको हो । पहिलो वार्ता नयाँ दिल्लीमा भएको थियो ।
बैठकमा वाणिज्य सन्धिसम्बन्धी विभिन्न बुँदाहरुमा छलफल हुने नेपालका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रविशंकर सैजुले जानकारी दिए । बैठकमा अयात–निर्यातका विषयमा यसअघि भएका सन्धिका बुँदाहरुमा छलफल हुने छ ।
बैठकमा नेपालका तर्फबाट सैंजुको नेतृत्वमा ९ सहसचिव र भारतको तर्फबाट भूपेन्द्र सिंह भल्लाको नेतृत्वमा ७ जना सहसचिव सहभागी छन् । नेपालको उत्पादन भारत र भारतका उत्पादन नेपालमा सस्तो मूल्यमा कसरी ल्याउन सकिन्छ भन्ने विषयमा पनि छलफल हुने सैंजुको भनाइ छ ।