प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले प्रदेश नं १ मा प्राविधिक विश्वविद्यालय स्थापना गर्न लागेको बताएका छन् ।
राष्ट्रिय युवा परिषदद्धारा विराटनगरमा आयोजित प्रदेश स्तरीय विज्ञान तथा प्रविधि युवा सम्मेलनको समापन कार्यक्रममलाई आज संवोधन गर्दै उनले प्राविधिक विश्वविद्यालय संचालनका लागि प्रदेशसभामा विद्येयक पेश भइसकेको बताए । विद्येयक पास हुुने वितिकै विश्वविद्यालय संचालनका लागि काम शुुरु हुुने उनले वताए ।
मुुख्यमन्त्री राईले अहिलेको युुग विज्ञान र प्रविधिको युुग भएकाले आगामी शैक्षिकशत्रदेखी प्रदेशका एक सयभन्दा वढि सामुुदायिक विद्यालयमा विज्ञान र प्रविधिको विषयमा अध्यापन शुुरुगर्न लागेको वताए।
उनले युरोप र अमेरिकामा अध्यापन गराइने पाठ्कमलाई आधार वनाई विज्ञान र प्रविधि विषय संचालन हुुने वताए ।
मुख्यमन्त्री राईले प्रविधिवाट मुलकको आर्थिक विकास र जनताको समृद्धि हासिल हुुने भन्नुुहुुदै दक्ष युवाहरुको वैदेशिक रोजगारी अन्त्यका लागि सरकारले वातावरण तयार गरिरहेको उल्लेख गरे । कार्यक्रममा वोल्दै प्रदेश निती तथा योजना आयोगका उपाध्यक्ष सुवोधराज प्याकुरेलले वातावरणप्रति सचेत भई विज्ञान र प्रविधिको प्रयोगवाट समवृद्धि हासिलगर्न सकिने वताए ।
युवा परिषदका उपाध्यक्ष माधव ढुगेलले विश्वविद्यालयमा ४० वर्ष अगाडिको प्रयोगशाला परिवर्तन गरी समयअनुसार अव्वल वताउनु पर्नेमा जोड दिए । उनले सम्मेलनको निश्कर्षलाई प्रदेशको नीति योजना कार्यक्रममा समावेश गरेर आगामी कार्यक्रम ल्याउनुुपर्ने वताए । सम्मेलन दुुईदिन सम्म चलेको थियो ।