प्रहरीको अप्रेशनमा गोली लागि घाईते भएका भनिएका कपिलवस्तुको शिवराज नगरपालिका ९ शिवगढका दुर्गाबहादुर रोका अस्पतालमै नजरबन्दमा रहेका छन् ।
बिहिबार विहान खुट्टामा गोली लागेपछि उपचारका लागि प्रहरीले प्रदेशीक अस्पताल बुटवलमा भर्ना गरेको थियो । उनको उपचारकै क्रममा प्रहरीले नजरवन्दमा राखेको छ । अस्पतालको २ नम्मर क्याविनमा राखेर उपचार गराईरहेको प्रहरीले उनको अवस्थावारे बुझ्न पुगेका मानवअधिकारकर्मी,संचारक्रमी तथा आफन्तहरुलाई भेटघाट गर्न दिएको छैन ।
प्रदेश प्रहरी प्रमुख पिताम्बर अघिकारीले घटनाको अनुसन्धान भैरहेकोले अहिले नै रोकालाई भेटघाट गर्न नदिएको जानकारी दिनु भयो । तर रोकाको स्वाथ्य अवस्था समान्य रहेको उहांको भनाई रहेको छ । अाज विहान विषेश सुराकीका आधारामा पुगेको प्रहरीले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दको गाउ रहेको शिवगढिबाट बाट ठूलो संख्यामा हातहतियार र बिस्फोटक पदार्थ बरामद गरेको जनाएको छ ।
नेकपा कार्यकर्ता दुर्गाबहादुर रोकाको घरबाट एसएमजी २ थान, त्यसमा लाग्ने म्यागेजिन ३ वटा, त्यसका गोली ६८ थान, एन १६ हतियारका १ सय २९ वटा गोली, चाईनिज पेस्तोल १ थान, म्यागेजिन पेस्तोल २ थान, रिमोट १ थान, वायरिङ तार ४० मिटरलगायतका हतियार र बिस्फोटक सामग्री बरामद गरेको हो ।
सो क्रममा भाग्न खोजेका रोकालाई प्रहरीको गोली लागेर घाइते भएको कपिलवस्तुका प्रहरी प्रमुख अच्युतमप्रसाद पुडासैनीले जानकारी दिए । वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक महेश्वर उपाध्यायको नेतृत्वमा गएको ३ टोलीले स्थानीय १५ भन्दा बढी घरमा छापा मारेको स्थायिनको दावी छ ।
प्रहरीले छापा मार्ने क्रममा गर्दै गर्दा स्थानीय बासिन्दा प्रतिकारमा उत्रिँदा प्रहरी जवान अमर वली र पुतली चौधरी सामान्य घाइते भएका थिए । बिहीबार बिहान ३ बजे पूर्व पश्चिम राजमार्गभन्दा ३ किलोमिटर दक्षिणमा रहेको शिवगढी गाउँमा पुगेको प्रहरी टोलीले घेरा हालेर स्थानीय घरहरुमा छापा मारेको थियो । शिवगढी गाउँमा विप्लवको आधार ईलाका रहेको र हतियार समेत निर्माण गर्ने थलोका रुपमा प्रहरीले यसअघिदेखि नै निगरानी बढाएको थियो ।
प्रहरीले विप्लवका अरु धेरै नेता र कार्यकर्तालाई पक्राउ गर्ने योजना बनाए पनि स्थानीय विद्यालयका विद्यार्थीहरुले विरोध गर्दै आन्दोलन गरेपछि एकजनालाई मात्रै पक्राउ गरेको प्रहरी श्रोतले बताएको छ ।स्थानीय विद्यार्थीहरुले प्रहरीलाई घेरा हालेर नाराबाजी गरेपछि सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली घटनास्थलबाट फिर्ता आएको छ ।
याे पनि
कपिलवस्तुमा प्रहरीले गोली चलाउँदा विप्लवका एक कार्यकर्ता घाइते