सीमामा सुुरक्षा व्यवस्था थप सुदृढ बनाउन मोरङको नेपाल–भारत दशगजा क्षेत्रमा संयुुक्त सुरक्षा गस्ती सुरु गरिएको छ । नेपालको सशत्र प्रहरी बल तथा भारतीय सशस्त्र सीमा सुरक्षा बलले गस्ती सुरु गरेका हुन् ।
सुरक्षाकर्मीले दशगजाको ७२ किलोमिटर क्षेत्रमा पैदल गस्ती शुुरु गरेका हुन् । गस्तीमा दुुवै देशका गरी ३६ सुुरक्षाकर्मी खटिएका छन् । उनीहरुलाई २४ घन्टा परिचालन गरिएको छ ।
सुुरक्षा व्यवस्था सुुदृढ बनाउँदै सीमानामा हुने आपराधिक घटना नियन्त्रण गर्न दशगजा क्षेत्रमा गस्ती शुुरु गरिएको सशस्त्र प्रहरी बल विओपी रंगेलीका प्रमुुख एवं प्रहरी निरीक्षक विश्वनाथ पोखरेलले बताए । दशगजाको ७२ किलोमिटर क्षेत्रभित्र १ सय २४ सीमा स्तम्भ छन् ।
गस्तीले सीमानामा हुनसक्ने अवैध क्रियाकलाप, मानव तस्करी, राजश्व छली तथा लागूऔषध दुुव्र्यसनीजस्ता हरेक क्रियाकलाप नियन्त्रण तथा न्युुनिकरण गर्न सहयोग पुग्ने अपेक्षा प्रहरीले गरेको छ । संयुुक्त गस्ती शुुरु भएपछि स्थानीय वासिन्दामा समेत सकारात्मक सन्देश गएको प्रहरी निरीक्षक पोखरेलले बताए । विराटनगरको रानी नाकादेखि रतुुवामाईको रतुुवाखोला नाकासम्म संयुुक्त गस्ती शुुरु भएको हो ।