विखण्डनको राजनीति छोडेको भन्दै सरकारसँग ११ बुँदे सहमति गरेको दुुई दिन नबित्दै स्वतन्त्र मधेस गठबन्धनका संयोजक डा. सीके राउत स्वतन्त्र मधेसको माग गर्दै जनकपुरमा आयोजित ¥यालीमा सहभागी भए। सरकारसँग भएको सहमति विपरित जनकपुरमा आइतवार उनका नेता कार्यकर्ताले ‘फ्रि मधेस’ लेखिएका झन्डासहित ¥यालीमात्र निकालेनन् स्वतन्त्र मधेसको पक्षमा चर्को नाराबाजीसमेत गरे ।
राउतको सुरक्षाका लागि भन्दै विमानस्थलमा छुट्टै दस्ता खटिएको थियो। यसअघि कहिल्यै नदेखिएका उनका सुरक्षा गार्डहरु मुखमा मास्क, टाउको छोपिने गरी झन्डा बेरेर सुरक्षाकर्मीकै जस्तो ज्याकेट लगाएर विमानस्थल बाहिर राउतको पखाईमा बसेका थिए। राउतलाई एयरपोर्टबाट गाडीसम्म तिनै कार्यकर्ताले पु¥याएका थिए।
पाँच महिनाको हिरासतपछि रिहाइ र त्यस लगत्तै रहस्यमय ढंगबाट सरकारसँग भएको सहमतिपछि जनकपुर फर्केका राउत अहिले जनकपुरमा के गर्दैछन् त? राउत अहिले जनकपुरधाम उपमहानगर–८ बलुवाटोलस्थित आफ्नो घरमा आराम गरिरहेको उनका एकजना निकट सहयोगीले जानकारी दिए। ‘जेल बसाइपछि चिकित्सकको सल्लाह अनुसार आराममा छन्,’ उनले भने, ‘राउत पारिवारिक भेटघाटनका साथै पुनः सामान्य दैनिकीमा फर्कने प्रयासमा छन्।’
यता, प्रदेश २ सरकारले सरकार र राउतबीच भएको सहमती विपरित जनकपुरमा प्रदर्शन गरेको भन्दै अगामी दिनमा यस्ता गतिबिधि दोहोरिए कानुनी उपचारमा जाने चेतावनी दिएको छ। ‘सरकार र राउत दुबैले सहमतीको अक्षरशः पालना गर्नुपर्छ,’ आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले भने, ‘हामी राउतको क्रियाकलापबारे पर्ख र हेरको नीति अपनाएका छौँ तर संविधान विपरितका कुनै क्रियाकलाप भए कानुनी कारबाही गर्छौँ।’ विखण्डनको मुद्दा छाडेर राउत एकाएक मुलधारको राजनीतिमा आउने सहमती गरेपछि राउतका समर्थकहरु तनाबमा आएर यस्ता नारा लगाएको हुन सक्ने मन्त्री यादवले आशंका गरे।
यता, सरकारसँगको सम्झौतासंगै मधेशमा डा.राउतप्रतिको आकर्षण घटेको राजपाको दावी छ। राजपाका प्रदेश २ का प्रमुख सचेतक परमेश्वर साहले देश टुक्रयाउने कुरा गरेर जनताको आँखामा धुलो छर्ने काम भएको बताए। उनी राज्यबाट सञ्चालित व्यक्ति भएको जनताले विस्तारै थाहा पाउने साहको भनाइ छ। जनतालाई झुक्याउन स्वतन्त्र मधेशको मुद्दा उठाए पनि अहिले राज्यसमक्ष राउतले समर्पण गरेको साहले बताए। राउतको अवतरले राजपालाई कुनै असर नपर्ने उनको दाबी छ।
सरकार र राउतबीच दुई दिन अघिमात्र सहमती भएकाले समर्थकहरुले जनकपुरमा पुरानै नारा दोहो¥याएर प्रदर्शन गरेको र नयाँ कोर्ष पढाउन राउतलाई केही समय लाग्ने राजनीतिक विश्लेषक डा. सुरेन्द्र लाभको भनाइ छ। ‘अहिले उनको संगठनका लागि संक्रमणकाल हो, नेताजीले पहिले जुन कोर्ष कार्यकर्तालाई पढाएका थिए त्यो बिर्सेर नयाँ कोर्ष सिकाउन केही समय लाग्न सक्छ,’ उनले भने।
सरकार र राउतबीच भएको सहमतीमा कहीँकतै जनमत संग्रह उल्लेख नरहेको बताउँदै उनी जनअभिमतको अर्थ जनमत बुझ्न नहुने तर्क गर्छन्। ‘राउतको आशय जनमत संग्रहको थियो, तर सहमतीमा जनअभिमत उल्लेख छ सरकारले यसको मतलब निर्वाचनमा आऊ वा सडकमा आऊ भन्ने बुझेको छ’ उनले भने, ‘सरकारको आशय जनमत संग्रह होइन तर राउतले यसको अर्थ जनमत संग्रह भन्दै अडान लिए सम्झौता रद्द पनि हुन सक्छ।’
डा.लाभले राउतसँग सम्झौता गरेर सरकारले एउटा संगठनलाई सहमतीमा ल्याइसके पनि विखण्डनको मुल कारणको विषयमा गम्भीर हुनुपर्ने सुझाव दिए। उनले आफ्ना समर्थकलाई के जबाफ दिने भन्ने अन्यौलमा रहेकाले जनकपुरमा नेता कार्यकर्तालाई सम्बोधन नगरेको र संचारमाध्यममा प्रतिक्रिया नदिएको हुन सक्ने उल्लेख गरे। सहमतीलाई समर्थक समक्ष पुनव्र्याख्या गर्न उनलाई केही समय लाग्न सक्ने भएकाले राउतले बोल्न नसकेको हुन सक्ने विश्लेषक लाभको अनुमान छ।