राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका ल्याव टेक्निसियन (नायब सुब्बा) सरोज रोका २२ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।
काममा आलटाल गरी सेवाग्राहीसँग घुस रकम माग गरेपछि पीडितले आयोगमा उजुरी दिएर रोकालाई पक्राउ गराएका हुन् । मेडिकल सेन्टर सेवा बिस्तार गर्ने प्रयोजनका लागि उनले सेवाग्राहीसँग घुस लिएका हुन् ।
कार्यालय परिसरबाटै उनलाई पक्राउ गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए ।